काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत यूनाइटेड सिमेन्ट्स प्रा.लि. र धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ ।
स्वास्थ उपचारबाट कोही पनि नागरिक बञ्चित हुन नपरोस भन्ने धेयका साथ सो कार्यक्रम आयोजना गरेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।
सो स्वास्थ शिविरमा धुनिवेशी नगरपालिका, धादिङका नगर प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष साँइला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।
धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउँबाट लगभग ५ सय ५० भन्दा बढि नागरिक यो शिविरबाट लाभान्वित भएका छन् । । सो शिविरमा मुख्य रुपमा आँखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो ।
नगर स्वास्थ प्रमुख शिवहरि भट्ट लगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जना भन्दा बढि स्वास्थ कर्मीको उपस्थिति रहेको सो शिविरमा उल्लेख्य रुपमा बिरामीहरुको उपस्थिति रहेको र एकदमै उत्तम शैलीमा सेवा प्रदान गर्न सकिएकोमा नगरवासी धेरै नै हर्षित भएको जानकारी वडा अध्यक्ष राईले गराए ।
यूनाइटेड सिमेन्ट्सले यस्ता सामाजिक कार्य विगतमा पनि गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने लक्ष्य रहेको उद्योगका विनोद कुमार न्यौपानेले बताए ।
अघिल्लो वर्ष पनि शिक्षाको क्षेत्रमा यहि वडाका विभिन्न सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो । साथै अघिल्लो वर्ष नै एम्बुलेन्स तथा एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक सहयोग पनि यूनाइटेडले उपलब्ध गराएको थियो ।
स्वास्थ, शिक्षा, खाने पानी जस्ता आधारभूत कुराहरुमा कुनै पनि सम्झौता नगरि यूनाइटेडले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यको निरन्तरता दिइ रहने प्रतिबद्धता प्रेस विज्ञप्तीद्वारा जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया