महिला भलिबललाई मुक्तिनाथ विकाश बैंकको साथ

काठमाडौं । आगामी वैशाख दोस्रो साताबाट शुरु हुने पाँचौ केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई मुक्तिनाथ विकास बैंकले प्रायोजन गरेको छ ।

महिला भलिबललाई बैंकले एक वर्षसम्मको लागि प्रायोजन गरेको हो । मुक्तिनाथ विकास बैंकका कार्यकारी प्रमुख निर्देशक प्रध्युमन पोखरेल र आयोजक शेरवहादुर खड्का स्मृति प्रतिष्ठानका संरक्षक गमली खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

यो सम्झौतासँगै बैंकले प्रतियोगिताको विजेतालाई टिमलाई ४ लाख तथा उपविजेतालाई १ लाख बराबरको खेलकुद सामाग्री उपलब्ध गराउने छ । 

तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिताको सबै खेलहरु जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा हुनेछ । प्रतियोगिताको विजेताले २ लाख, उपबिजेताले १ लाख तथा तेश्रो हुने टिमले ५० हजार नगद प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?