काठमाडौं । चीनमा गएरातीको भूकम्पमा मृत्यु हुनेको संख्या ११६ पुगेको छ । ४ सय भन्दा बढी घाइते भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनका गान्सु र छिङहाइ प्रान्तमा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पको केन्द्रविन्दु गान्सुको लिनक्सिया हुईको साला काउन्टीमा १० किलोमिटर गहिरो रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।भूकम्प लगत्तै भग्नावशेषमा परेका धेरै भवनहरूबाट मानिसहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने जिम्मेवारी चीनको आपतकालीन सेवालाई दिइएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि सरकार र प्रशासनका सबै अंगहरूलाई उद्दारमा खटिन निर्देशन दिएका छन् ।एक सामाजिक सञ्जाल पोस्टका अनुसार गान्सुको राजधानी लान्झाउमा भूकम्पको धक्का महसुश हुनेबित्तिकै विश्वविद्यालयका विद्यार्थीहरू छात्रावासबाट बाहिर निस्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया