फाइनान्सहरुमा गहिरिँदै वित्तीय संकट : खराब कर्जा उच्च रुपमा बढ्दा ग्राहकहरु जोखिममा

लोकपथ
777
Shares

काठमाडौं । फाइनान्स कम्पनीहरुमा वित्तीय संकट गहिरिएको छ । निक्षेप तथा कर्जा प्रवाहसँगै खराब कर्जा पनि उच्च रुपमा बढ्दा फाइनान्स कम्पनीहरुमा वित्तीय संकट गरिएको हो ।

अर्थतन्त्र कमजोर बन्दा कर्जावाला ग्राहकहरुको कर्जाको सावाँव्याज वापतको किस्ता तिर्न सक्ने क्षमतामा ह्रास आएको छ । सोही कारण पनि पछिल्लो समय फाइनान्स कम्पनीहरुमा खराब कर्जाको ग्राफ निरन्तर उकालो लागिरहेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चालु आवको कात्तिक मसान्तसम्ममा फाइनान्स कम्पनीहरुमा खराब कर्जाको मात्रा बढेर आठ दशमलव ३७ प्रतिशत पुुगेको छ ।

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुले यस अवधिमा एक खर्ब १४ अर्ब तीन करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी ९३ अर्ब ९६ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा उक्त परिमाणमा कर्जा खराब देखिएको हो ।

फाइनान्स कम्पनीहरुमा देखिएको यो खराब कर्जा गत आ.व.को सोही अवधिको तुलनामा एक दशमलव ३८ प्रतिशतले बढी हो । राष्ट्र बैंकका अनुसार गत आ.व.को सोही अवधिमा फाइनान्स कम्पनीहरुले एक खर्ब पाँच अर्ब १७ करोड १० लाख रुपैयाँ निक्षेप संकलन गरी ९२ अर्ब चार करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ६ दशमलव ९९ प्रतिशत कर्जा खराब देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?