एजेन्सी । फे्न्च वान लिगको उपाधि जित्ने अवसर पेरिस सेन्ट–जर्मेन (पिएसजी)ले गुमाएको छ ।
आइतबार राति पिएसजी र स्ट्राबर्ग बिचमा भएको खेलमा नछुदा गोल हुने बललाइ अनावश्यक रुपमा छुँदा ८ खेल अघि नै पिएसजी सो गुमाएको हो ।
क्रिष्टोफर एनकुन्केले प्रहार गरेको बललाई एरिकले म्याकिसम चुम्पो मोटिङ्रगले अनावश्यक रुपमा टच गरेपछि गोल हुन सकेन । खेल बराबरीमा टुङगियो । उनले सो बललाई टच नगरेको भए बल गोल पोस्टमा छिर्ने निश्चित थियो ।
उक्त गल्ती उनले खेलको २७औ मिनेटमा गरेका थिए । हिजोको खेलमा १३ औँ मिनेटमा एरिक म्याक्सिम चुपो–मोटिङ्गको गोलबाट पिएसजीले अग्रता लिएको थियो ।
नुनो डा कोस्टाले २६ औँ मिनेटमा स्ट्रासबर्गका लागि बराबरी गोल फर्काए । त्यसपछि ३८ औँ मिनेटमा एन्टोनी गोन्काल्भसले गोल गर्दै स्ट्रासबर्गलाई अग्रता दिलाए । ८२ औँ मिनेटमा प्रेसमिएल किमपेम्बेले पिएसजीका लागि बराबरी गोल गरे ।
शीर्षस्थानको पिएसजीको ३० खेलबाट ८१ अंक छ । दोस्रो स्थानको लिलेको ३१ खेलबाट ६१ अंक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया