काठमाडौं । प्रदेश नं ३ ले यू–१६ क्रिकेट लिगको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमवार भएको फाइनल खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ५ लाई ३३ रनले पराजितगर्दै उपाधिमाथि कब्जा जमाएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ३ ले ३० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६२ रनको योगफल तयार पारेको थियो । प्रदेश ३ का लागि अविशेख उपाध्यायले ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै प्रशान्तले ३४ रन तथा दिपक बोहराले ३० रन जोडे ।
यता प्रदेश ५ का रमेश कुर्मी र सुरज खड्काले समान २-२ विकेट हात पारे ।
१ सय ६३ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको प्रदेश ५ को पारी ३० ओभरमा ८ विकेटको क्षतीमा मात्र १ सय ३९ रनमा समेटिएको थियो ।
प्रदेश ५ का लागि विशाल बिक्रम केसीले ४४ रन तथा अमर मिश्रले २९ रन जोडे । प्रदेश ३ का दिपक बोहरा र विवेक दराईले समान २-२ विकेट हात पारे । उपाधिसँगै प्रदेश ३ ले १ लाख ५० हजार बराबरको खेल सामग्री प्राप्त गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया