पाकिस्तानी प्रधानमन्त्री खानको कार्यालयमा आगलागी

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । 

उनको सचिवालयमा सोमवार भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् । संसद भवन नजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताए । 

कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिरहनु भएको सल्लाहकार मिर्जाले जानकारी दिए । आगलागी भएको थाहा पाउने वित्तिकै अग्नीनियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सवैलाई तत्काल कार्यालय बाहिर निकालेका थिए ।

विद्युत सर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगो तत्कालै नियन्त्रणमा लिइएको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?