‘विमान बङ्गलादेशको’ शौचालयबाट २३ किलो सुन बरामद

एजेन्सी । बङ्गलादेशको दोस्रो ठूलो चट्टोग्राम विमानस्थलमा विमानको शौचालयमा वेवारिसे अवस्थामा छोडिएका करिब २ सय वटा सुनका सिक्का विमानस्थल भन्सार अधिकारीले सोमवारबरामद गरेको छ । 

सुनको तौल २३ किलोभन्दा बढी भएको र सुनसँग कुनै व्यक्तिलाई पनि पक्राउ नगरिएको एक जना भन्सार अधिकारीले जनाएका हुन् ।

भन्सार गुप्तचर विभागका एक अधिकारीले  भने, 'हामीले विमान बङ्गलादेशको शौचालयमा छोडिएका २ सय वटा सुनका सिक्कालाई बरामद गरेका छौँ ।’ 

‘सुन शौचालयमा छोडिएको अवस्थामा बरामद भएको र यसबारे अनुसन्धान भइरहेकोले बिस्तृत विवरण पछि दिइनेछ,’ उनले भने । 

विमान दुबईबाट आएको र स्थानीय समय अनुसार सोमवार बिहान ६ बजे बङ्गलादेशको राजधानी ढाकाबाट २ सय ४२ किलोमिटर दक्षिणपूर्वमा रहेको चट्टोग्राम बन्दरगाह शहरस्थित विमानस्थलमा अवतरण भएको थियो ।

अधिकारीका अनुसार उक्त सुनका सिक्काको मूल्य १४ लाख ३० हजार अमेरिकी डलर ‘दश करोड टाका’ बराबर भएको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?