एजेन्सी । जारी इन्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेट अन्तर्गत किंग्स इलाभेन पन्जाब विजयी भएको छ ।
चन्द्रीगढस्थित पन्जाब क्रिकेट संघको मैदानमा सोमवार राति सम्पन्न भएको खेलमा किंग्स इलेभेन पन्जाबले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चौथो जित हात पारेको हो ।
१ सय ५१ रनको लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको पन्जाबले १९ दशमलब ५ ओभरमा मात्र ४ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-र्यो । पन्जाबका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय पारी खेलेका थिए । राहुलले अविजित रहँदै ७१ रन तथा अग्रवालले ५५ रन जोडे ।
त्यस्तै क्रिस गेले १६ रन तथा डेभिड मिल्लर १ रनमा पेभेलियन फर्किए । साम करणले ५ रन जोडे । हैदरावादका सन्दीप शर्माले २ तथा राशिद खान र सिद्दार्थ काउलले समान एक-एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५० रनको योगफल तयार पारेको थियो । हैदराबादको लागि डेभिड वार्नरले अविजित ७० रन, विजय शंकरले २६ रन, मनिस पाण्डेले १९ तथा दिपक होडाले १४ रन जोडे र
पन्जाबका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले समान १-१ विकेट लिए । यो जितपछि पन्जाबले ६ खेलबाट ८ अंक बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया