प्रिमियर लिग : हजार्डको गोलमा चेल्सी लिगको तेस्रो स्थानमा उक्लियो

एजेन्सी । चेल्सी जारी इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको तेस्रो स्थानमा उकिलएको छ । 

आफ्नो घरेलु मैदान स्टामफार्ड ब्रिजमा सोमवार राति सम्पन्न भएको ३३ औँ चरणको खेलमा चेल्सीले लिगको ११ औँ स्थानमा रहेको वेस्टह्याम युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलको २४ औँ मिनेटमा चेल्सीका लागि इडेन हजार्डले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको चेल्सीले दोस्रो हाफमा थप दुई गोल थप्यो । निक्कै रोमाञ्चक बनेको खेलको इन्जुरी समयमा हजार्डले दोस्रो गोल गरे । यो जितपछि चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीले ६६ अंक बनाएको छ । वेस्ट ह्याम ४२ अंक सहित तालिकाको ११ औँ स्थानमा छ । 

अहिलेसम्मको अंक तालिकामा लिभरपुल ८२ अंकका साथ लिगको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ८० अंक छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?