पाँच महिनामै सरकारले लियो एक खर्ब ३१ अर्ब ऋण, आखिर कहिले तिरिसक्ने ?

लोकपथ
35
Shares

काठमाडौं । नेपाली समाजमा सदियौं देखि एउटा भनाई प्रचलनमा छ, ऋण लागेपनि दिन नलागोस । दिन लागेन भने ऋण त कमाएर पनि तिरिन्छ नि । यही भनाईबाट बर्तमान सरकार पनि प्रेरित भएको देखिएको छ ।

सरकारले चालु आर्थिक बर्ष सुरुभएदेखि यता अर्थात यही मंसिर मसान्तसम्ममा आन्तरिक र बाह्य समेत गरी कुल एक खर्ब ३१ अर्ब २८ करोड दुई लाख रुपैंयाँ ऋण लिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले यस अवधिमा आन्तरिकतर्फ अर्थात देशभित्रबाट नैं एक खर्ब ११ अर्ब ३१ करोड र बाह्य अर्थात बिदेशबाट १९ अर्ब ९७ करोड दुई लाख रुपैंयाँ समेत गरी कुल एक खर्ब ३२ अर्ब २८ करोड दुई लाख रुपैंयाँ ऋण लिएको छ ।

सरकारले साउनमा आन्तरिक तर्फ १३ अर्ब छ करोड र बाह्यतर्फ दुई अर्ब ७१ करोड ८४ लाख रुपैंयाँ समेत गरी कुल १५ अर्ब ७७ करोड ८४ लाख रुपैंयाँ ऋण लिएको छ भने भदौमा आन्तरिक तर्फ ३१ अर्ब २० करोड र बाह्यतर्फ पाँच अर्ब ३० करोड ७७ लाख रुपैंयाँ समेत गरी कुल ३६ अर्ब ५० करोड ७७ लाख रुपैयाँ ऋण लिएको छ ।

यसैगरी असोजमा आन्तरिकतर्फ ५३ अर्ब पाँच करोड र बाह्यतर्फ सात अर्ब ५० करोड ७० लाख रुपैंयाा समेत गरी ६० अर्ब ५५ करोड ७० लाख रुपैंयाँ लिएको छ भने कात्र्तिकमा आन्तरिकतर्फको ऋण शुन्य रहेको छ भने बाह्यतर्फ एक अर्ब ८७ करोड ५५ लाख रुपैंयाँ ऋण लिएको छ । चालु आवको मंसिर महिनामा पनि सरकारले आन्तरिकतर्फ १४ अर्ब र बाह्य तर्फ दुई अर्ब ५६ करोड १६ लाख रुपैंयाँ समेत गरी १६ अर्ब ५६ करोड १६ लाख रुपैंयाँ ऋण लिएको छ ।

सरकारले यसरी ऋण लिदैं जाँदा सरकारको टाउकोमा तिर्न बाँकी ऋणको कुल दायित्व भने २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैंयाँ पुगेको छ । ऋण व्यवस्थापन कार्यालयका अनुसार यो दायित्व अन्र्तगत आन्तरिक ऋणको दायित्व ११ खर्ब ९७ अर्ब ९७ करोड २२ लाख र बाह्य तर्फ ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैंयाँ रहेको छ ।

ऋण थपिंदै जाँदा सरकारले चालु आवको मसिर मसान्तसम्ममा आन्तरिक ऋणको सावाँ र व्याजको लागि ७० अर्ब ५६ करोड ३९ लाख रुपैंयाँ भुक्तानी गरेको छ भने बाह्य ऋणको सावाँ र व्याजको लागि २१ अर्ब १९ करोड ८४ लाख रुपैंयाँ भुक्तानी गरेको छ । यस अन्र्तगत आन्तरिकतर्फ साउनमा २५ अर्ब ८४ करोड ६९ लाख, भदौमा १५ अर्ब ७६ करोड ५३ लाख, असोजमा १४ अर्ब ९४ करोड ४३ लाख, कात्र्तिकमा आठ अर्ब ८३ करोड ३२ लाख र मंसिरमा पाँच अर्ब १७ करोड ४२ लाख रुपैयाँ भुक्तानी भएको कार्यालयको भनाई छ ।

बाह्यतर्फ भने साउनमा एक अर्ब ९० करोड ४० लाख, भदौमा चार अर्ब ३६ करोड नौं लाख, असोजमा चार अर्ब ८८ करोड ५६ लाख, कात्र्तिकमा पाँच अर्ब ११ करोड ५८ लाख र मंसिरमा चार अर्ब ९३ करोड २१ लाख रुपैंयाँ भुक्तानी गरेको कार्यालयको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?