काठमाडौं । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाली बजारमा बितेको ६ दिनमा सुन तोलामा २ हजार रुपैयाँ बढेको छ ।
गत आइतबार तोलामा १ लाख १७ हजार ८०० रुपैयाँ मा कारोबार भएको छापावाल सुन शुक्रबार कारोबार बन्द हुँदासम्म १ लाख १९ हजार ८०० रुपैयाँ कायम रहेको थियो ।
सोमबार १ लाख १७ हजार ८०० अर्थात आइतबारकै मूल्यमा कारोबार भएपनि भने मंगलबार १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै,बुधबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार हुँदा शुक्रबार भने १ लाख १९ हजार ८०० रुपैयाँ पुगेको हो ।
यसैबीच आइतबार १४५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी शुक्रबार १४८५ रुपैयाँमा कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया