सञ्जिवनीले ल्यायो अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ मेसिन

लोकपथ
3k
Shares

काठमाडौं । महाराजगञ्जस्थित सञ्जिवनी इम्याजिङ हाउस प्रा.लिले अत्याधुनिक प्रविधिको ‘थ्री टेस्ला एमआरआई’ मेसिन सञ्चालनमा ल्याएको छ । सञ्जिबनीले आज (शनिबार)बाट एमआरआई मेसिन सञ्चालनमा ल्याएको हो ।

सञ्जिवनीका अनुसार यो मेसिन उच्च प्रविधिमा आधारित छ । जसले रोगको अवस्था तथा रोग पहिचानका लागि निकै उपयोगी हुने जनाइएको छ ।

सञ्जिवनीले सिटी स्क्यानको सेवा विगत २ वर्षदेखि दिँदै आइरहेको थियो । अब सिटी र एमआरआईलाई प्राथमिकतामा राख्दै सेवा दिँने सञ्निवनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?