वीर अस्पतालको आँगनमा बिरामी चेक जाँच्न गर्दै डक्टर

काठमाडौं । वीर अस्पतलाका डाक्टरहरुले कार्यकक्षभन्दा बाहिर बिरामी चेकजाच गरिरहेका छन् । 

आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा ताला लगाएपछि डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थालेका हुन् । 

उता प्रहरीले ताला खुलाए पनि डाक्टरहरुले कार्यकक्षमा बिरामीहरुको स्वास्थ्य परीक्षण भने गरेका छैनन् ।

बुधवार ओपीडीको टिकट काटिएको र डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामी जाँचिरहेको बताए ।

डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् । 

यसबाट अपरेसनको डेट लिएर भर्ना भएका बिरामीहरुको कहिले अपरेसन हुने भन्ने ठेगान छैन ।

केन्द्रमा समायोजन गर्न माग गर्दै पाँच दिनदेखि सरकारी डाक्टरहरु आन्दोलनमा छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?