सिन्धुपाल्चोक । निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको ठेक्का पाएको चिनियाँ कम्पनी ग्याङ्सी हाइड्रो इलेक्ट्रोनिकसँग ठेक्का तोड्ने तयारी गरिएको छ ।
आठ अर्बमा सुरुङ र पावर हाउस निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीले आयोजनाको काममा ढिलाइ गरेको भन्दै ठेक्का तोड्ने तयारी गरिएको मध्य भोटेकोशी आयोजना कार्यालयले जनाएइको हो ।
निर्धाति समयमा काम पूरा नभई थपेको म्यादमा पनि ठेकेदारले काम पूरा नगरेपछि आयोजना कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रिया अगाडी बढाएको जानकारी दिए ।
यसबारेमा चिनियाँ ठेकेदारलाई ‘नोटिस टु करेक्ट’ (कार्यशैली परिवर्तन गर्न सूचना) पठाइसकेको आयोजनाका कार्यकारी निर्देशक मणिराम काफ्लेले जानकारी दिए ।
काफ्लेका अनुसार आयोजनाले ग्वाङ्सी हाइड्रोपावरका महाप्रबन्धक फाङलाई नेपालमा बोलाएर सबै अवस्था बताएको थियो ।
साथै चिनियाँ कम्पनीसँग ठेक्का रद्द गर्न छिट्टै बोर्ड बैठक बसेर यो विषयमा निर्णय लिने उनले बताए ।
आयोजनाले ठेकेदार कम्पनीलाई २०१९ को जून ३० सम्म सबै काम सम्पन्न गर्ने गरी म्याद थपेको थियो । तर यो अवधीमा आयोजनाको जम्मा ४२ प्रतिशत मात्रै काम सकिएको छ ।
यो आयोजना सन् २०१३ मा निर्माण शुरु भई २०१७ को जूनमा सिध्याउने योजनाका साथ काम सुरु भएको थियो । तर, भूकम्प, नाकाबन्दी र भोटेकोशी बाढीको कारण आयोजनाको म्याद थपेर सन् २०१९ को जूनसम्म धकेलिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया