एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले नरेन्द्र मोदीलाई भारतको पुनः प्रधानमन्त्रीका रुपमा हेर्न चाहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीसँग कुरा गर्दै प्रधानमन्त्री खानले कश्मिर इलाकाको विवादलाई अन्त्य गर्न मोदीले सहयोग गर्ने बताए ।
क्रिकेट खेलबाट राजनीतिमा प्रवेश गरेका खान ८ महिना अघिमात्र पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । आणबिक शक्तिले सम्पन्न छिमेकी देश भारतसँगको मतभेद केव कुराकानीबाट समाधान गर्न सकिने पनि उनले बताए ।
जम्मु कश्मिर बम हमला भएको केही समयपछि पाकिस्तानी प्रधानमन्त्री खानले भारतमा हुन लागेको लोकसभा चुनावमा आफु मोदीको पक्षमा रहेको समेत उनले जानकारी दिए ।
भारतले गत महिनामात्र पाकिस्तानको बालाकोटमा हवाइ हमला गरेको थियो । साथै खानले भारतसँगको कश्मिर मुद्दालाई चाँडै समाधान गर्न तयार रहेको पनि उनले बताए । ‘हामी भारतसँग कश्मिरको मुद्दालाई छिट्टै अन्तिम रुप दिन चाहान्छौँ, यो कुरालाई भारतले पनि गम्भिरताका साथ हेर्न जरुरी छ’, उनले भने ।
साथै प्रधानमन्त्री खानले पाकिस्तान र भारतको सरकारको कश्मिरमा देखिएको गरिबी न्युनिकरण गर्ने रहेको पनि बताए ।
‘अर्को चोटी पुनः भारतले पाकिस्तानमा हमला गरे अब हामी सहन्नौँ’, उनले बताए ।
उनले भारतलाई मिलेर समस्याको हल गर्न आग्रह समेत गरेका छन् ।
कश्मिरको लागि किन लड्दैछ भारत र पाकिस्तान ?
भारत र पाकिस्तान दुवै देशले कश्मिर आफ्नो भुमि भएको दाबी गर्दै आइरहेको छ । तर, दुवै देशले कश्मिरको थोरै भुभाग मात्र प्राप्त गरेका छन् ।
कश्मिर भुमीलाई लिएर भारत र पाकिस्तानबीच दुई पकट युद्ध भइसकेको छ । मुस्मिल समुदायको बाहुल्यता रहेको कश्मिरमा दुवै देशबीच सन् २००३ मा नियन्त्रक रेखा ‘एलओसी’ राख्ने सम्झौता भएको थियो ।
तर, पनि दुवै देशबीच अहिलेसम्म यो मुद्दामा बेला बेलामा मनमुटाप हुँदै आइरहेको छ । कश्मिरमा बसोबास गर्दै आइरहेको नागरिकहरु भारतीय शासकहरुले गर्ने व्यवहारप्रति निक्कै रुष्ट छन् ।
यो वर्ष दुई देशबीच किन बढ्यो तनाव ?
यो वर्षको फ्रेबअरीमा भारतले कश्मिरको पुलवामा आत्मघाती हमला गरेको थियो । त्यतिबेला ‘बीएसएफ’का ४० जना सुरक्षाकर्मीले ज्यान गुमाए । भारतले उक्त हमला आफुहरुले नगरेको दावी गरेको थियो । यसको जवाफमा भारतले पाकिस्तानमा फेरी हवाई आक्रमण ग-र्यो ।
भारतले पाकिस्तानको चरमपंथिया टे«निङ क्याम्पलाई निशानामा पार्दै आक्रमण गरेको थियो । लगतै पाकिस्तानले भारतको एक विमान लडाकुलाई जिवितै प्रकाउ गरे । तर, पाकिस्तानी प्रधानमन्त्री खानले उनलाई सकुसल भारतको जिम्मा लगाइ दिएका थिए ।
त्यतिबेला उनले भनेका थिए, ‘यो शान्तिको सन्देश हो ।’
त्यसपछि भारत र पाकिस्तानबीचको तनाव केही साम्य भएको थियो । लगतै भारतले पाकिस्तानका विदेशमन्त्रीलाई भारतलाई कारवाही गर्न योजना बनाएको आरोप समेत लगायो । तर, अहिलेसम्म पाकिस्तानले यो कुरालाई सहदै केही जवाफ भने दिएको छैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया