शेयर बजारमा सामान्य सुधार

काठमाडौं । मङ्गलबार दोहोरो अङ्कले गिरावट आएको शेयर बजारमा बुधवार भने सामान्य सुधार देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधवार कारोबार मापक नेप्से परिसूचक ३ दशमलब ५२ विन्दुले बढेर एक हजार १८४ दशमलब ६१ विन्दुमा पुगेको छ । 

त्यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलब ७३ विन्दुले बढेर २५३ दशमलब ५८ विन्दुमा पुगेको छ । कूल १ सय ६९ कम्पनीका १६ लाख १२ हजार ३ दशमलब ९६ कित्ता शेयर ४१ करोड चार लाख ९४ हजार ६ सय ३२ मा खरीद बिक्री भए ।

कारोवार भएका १० उपसमुहमध्ये जलविद्युत् उपसमूको शेयर भने घटेको छ । जलविद्युत् उपसमूहको शयेर ५ दशमलब ४३ विन्दुले घटेको छ । 

त्यस्तै बैङ्किङ २ दशमलब ९६, होटल ० दशमलब २२, विकास बैंङ्क ३ दशमलब १४, वित्त ३ दशमलब १७, निर्जीवन बीमा २४ दशमलब २३, उत्पादन ३ दशमलब ०८, अन्य ६ दशमलब ७३, लघुवित्त २ दशमलब३६ र जीवनबीमा १२ दशमलब ५९ बिन्दुले बढेको छ ।

स्टकका अनुसार नेपाल कम्युनिटी विकास बैंकका शेयरधनीले ५ दशमलब ०७ प्रतिशतले कमाएका छन् । त्यस्तै फस्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था ३ दशमलब ४७, रिलायन्स फाइनान्स ३ दशमलब ३६, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ३ दशमलब १३ र पञ्चकन्या माई हाइड्रोपावरका शेयरधनीले २ दशमलब ७५ प्रतिशतले कमाएका छन् । 

त्यसैगरी उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ५ दशमलब ५५ प्रतिशतले गुमाए । घलेम्दी हाइड्रो पावर ४ दशमलब ७०, सिन्धु विकास बैंक ३ दशमलब ७०, तारागाउँ रिजेन्सी होटल ३ दशमलब ३६ र माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३ दशमलब ०४ प्रतिशतले गुमाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?