भारत । ठूला शहरको ठूलो समस्या भनेकै ट्राफिक व्यवस्थापन हो । ट्राफिक व्यवस्थापन हरेक देशको लागि ठूलो चुनौतीको रुपमा खडा भएको छ ।
त्यहि पट्यारलाग्दो र विकल्प कम भएको चुनौतिको सामना सबैलेभन्दा ट्राफिक प्रहरीले बढी गर्नुपर्छ । तर केहि ट्राफिक प्रहरी छन् जसले अलि फरक ढङ्गबाट ट्राफिक जाममा बस्नेलाई पट्यारलाग्दो दिक्दारी हल गर्न सिर्जनात्मक प्रयास अवलम्बन गर्छन् । यस्तै प्रयासमा छन् भारतिय ट्राफिक प्रहरी प्रताप चन्द्र खण्डवाल ।
यतिबेला उनले कम्मर मर्काउँदै ट्राफिक व्यवस्थापन गरिरहेको दृश्य सामाजिक सञ्जालमा भाईरल भएको छ । हजारौँ भ्यूअर्समात्रै बटुलेको छैन उत्तिकै स्वबासी र प्रात्साहनमूलक कमेन्टले भरिएको छ । भारत भुवनेश्वरमा ट्राफिक पुलिस प्रताप चन्द्र खण्डवाल उच्च सुरक्षा जागरूकताको सिर्जना गर्न र सडक अराजकताबाट बच्नका लागि नृत्य गर्दै ट्राफिक निर्देशन दिँदै आइरहेका छन् ।
उनको त्यहि कामको भिडियो यतिबेला भाइरल भएको हो । भारतको ट्राफिक सधैंजसो व्यस्त र कोलाहलयुक्त माहोलमा हुन्छ तर प्रताप चन्द्र खण्डवालले बिगत ४ वर्षदेखि नृत्य गर्दै मनोरञ्जनात्मक ढङ्गले ट्राफिक निर्देशन दिँदै आइरहेका छन् ।
उनले गरेको त्यो कामलाई सर्वसाधारणले मनोरञ्जनका रुपमा लिँदै स्याबासी समेत दिएका छन् । आफू काम गरिरहेकै बखतको त्यो भिडियो एकाएक भाईरल भएको देखेर उनी पनि दंग छन् ।
सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोमा उनको यस्तो कडा परीश्रम र आफ्नो काम प्रतिको लगाब देखेर हजारौको सङख्यामा गरिएका कमेन्ट सबै सकारात्मक प्रेरक र अझ प्रोत्साहन गर्ने किसीमका छन् ।
नेपालमा पनि ट्राफिक व्यवस्थापन गर्न नृत्य गर्दै ट्राफिक निर्देशन दिने ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथुलाई धेरैले मन पराएका छन् । उमेरले ५० नाघिसकेका उनको जोश घटेको छैन । काठमाडौं उपत्यकामा जाम हुने वितिक्कै सबैले याद गर्न व्यक्ति उनै हाछेथु हुन् ।
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गरेको भन्दै उनी थुप्रै पटक सम्मानित भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया