आजको मौसम : यी प्रदेशमा आंशिक बदली, देशभरको तापक्रम घट्दो

लोकपथ
63
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्नेक्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेपनि चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

तापक्रम घटेकाले काठमाडौंमा दिउँसो घाम लागेपनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।
हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ आज दिउँसो र राति पनि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?