काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत ११ औँ राष्ट्रिय स्क्वासको पुरुष सिंगल्समा गण्डकी प्रदेशका अमृत थापा मगर क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको खेलमा अमृतले गण्डकीकै कासिराम भण्डारीलाई ११–४, ११–२ र ११–६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको स्थान तय गरेका हुन् ।
पुरुष सिंगल्स अन्तर्गत अर्को खेलमा प्रदेश ३ का राजेन्द्र शाक्यले प्रदेश ५ का गोपाल थापालाई ११–४, ११–१ र ११–५, एपीएफका उमिद शाक्यले प्रदेश १ का अश्विन टोडीलाई ११–६, १२–१०, १२–१४ र ११–७ तथा प्रदेश ३ का अमिर ब्लोनले एपीएफका विजय मगरलाई ११–९, १८–१६, ५–११ र ११–७ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
त्यस्तै प्रदेश २ का दीपक थापाले एपीएफका मित्रलाल गुराउलाई १०–१२, ११–७, ६–११, ११–६ र ११–५, एपीएफका विक्रम मगरले प्रदेश ३ का विनोदरत्न शाक्यलाई ११–५, ११–५ र ११–७ तथा प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारले प्रहरीका आकाश सुनुवारलाई ५–११, ११–७, ११–४, ८–११ र १६–१४ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगे ।
प्रदेश १ का निशान्त अग्रवालले प्रहरीका सुदीपबहादुर सिंहबाट वाकओभर पाएर क्वाटरफाइनलमा प्रवेश गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया