काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टाइनविरुद्धको युद्ध तत्काल नरोकिने प्रष्ट पारेका छन् अन्तर्राष्ट्रिय रुपमा युद्ध रोक्नु पर्ने दबाब बढि रहेका बेला प्रधानमन्त्री नेतान्याहुले गाजा युद्धको अन्तिम लक्ष्य प्राप्त नभएसम्म नरोकिने बताएका हुन् ।
अन्तिम लक्ष्य भनेका गाजालाई पूर्णरुपमा इजरायलको नियन्त्रणमा लिनु हो । इजिप्टले युद्धविराम, चरणबद्ध बन्धक रिहाइ र विज्ञहरूको प्यालेस्टिनी सरकार गठनको लागि प्रारम्भिक प्रस्ताव गरेको छ ।
इजिप्टको प्रस्तावमा इजरायली सेना फिर्ता गर्ने र इजरायलमा रकेट आक्रमण रोक्न हमासको प्रस्ताव पनि समावेश छ ।
ईसाई परम्परा अनुसार प्रभु येशुको जन्म २ हजार वर्षअघि इजरायलको कब्जामा रहेको प्यालेस्टाइन वेस्ट बैंकको बेथलेहेम सहरको एउटा गोठमा भएको थियो ।
त्यसैले यहाँ क्रिसमसमा विशेष उत्सव मनाइन्छ । तर पोपले यहाँ आयोजना हुने समारोह रद्द गरेका छन् ।
उत्सव मनाउनुको सट्टा, प्यालेस्टिनी ईसाईहरूले गाजामा शान्तिको लागि प्रार्थना गरे र बेथलेहेममा बच्चा येशूको चित्रण गरेर क्रिसमस मनाइएको थियो ।
प्रधानमन्त्री नेतान्याहुको भनाई सार्वजनिक भएसँगै इजरायलले गाजामा आक्रमण झनै तीव्र बनाएको छ ।
यसैगरी अमेरिकाले इजरायललाई २३० कार्गो विमान र सैन्य हतियार र उपकरणले भरिएका २० जहाज इजरायल पठाएको दाबी गरिएको छ ।
इजरायली सेनाका प्रवक्ताले गाजा पट्टीमा शुक्रबारदेखि जारी भिडन्तमा १७ इजरायली सैनिक मारिएको बताएका छन् ।
सोमबार गाजामा दुई सैनिक मारिएको जानकारी दिएको छ। अक्टोबर ७ देखि कूल ४८९ इजरायली सैनिकहरू मारिएका छन् । इजरायली सेनाले सोमबार राति गरेको हवाई आक्रमणमा १०६ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया