अष्ट्रेलियामा आमनिर्वाचनको मिति घोषणा

एजेन्सी। अष्ट्रेलियामा आउँदो मे १८ मा आमनिर्वाचन हुने भएको छ । 

अष्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले आज (बिहीवार) निर्वाचनको मिति घोषणा गर्दै मे १८ मा अस्टे«लियामा आमनिर्वाचन हुने घोषणा गरेका हुन् ।

अष्ट्रेलियामा हाल कन्जरभेटिभ पार्टीको सरकार छ ।

सत्तारुढ दल कन्जरभेटिभ र बिल सर्टनले नेतृत्व गरेको लेबर पार्टीबीच आसन्न निर्वाचनमा प्रतिस्पर्धा हुने देखिन्छ । 

अष्ट्रेलियाको प्रतिनिधिसभामा १५१ र सिनेट (माथिल्लो सभा)मा ७६ सिट छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?