वीरगञ्ज । प्रो क्लब च्याम्पियनसिपमा वान्डरस क्लब नोएडाले दोस्रो जित निकालेको छ । वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा उत्तरप्रदेश ११ लाई ७ विकेटले पराजित गरेको हो ।
यसअघि विभागीय क्लब एपीएफलाई पराजित गरेको वान्डरसले आज उत्तर प्रदेशलाई पराजित गर्दै तालिकामा ४ अंक बनाएको छ । र तेस्रो स्थानमा पनि उक्लिएको छ । पहिला ब्याटिङ गर्दै उत्तर प्रदेश ११ ले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११४ रन बनाएको थियो । जवाफमा नोएडाले १५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो ।
११४ रनको लक्ष्य पछ्याएको नोएडालाई जिताउन हर्षित सेठ्ठीले सर्वाधिक ४५ रनको नटआउट पारि खेले । उनले ३२ बल फेस गर्दा २ छक्का र ४चौका प्रहार गरेका थिए । यसैगरी उज्जर मलिकले २२ रनको नटआउट पारि खेल्दा १ चौका र १ छक्का हिर्काए ।
सिद्धार्थ गोश्वामीले २१ बलमा २७ रन बनाउँद्या १ छक्का र ४ चौका प्रहार गरेका थिए । यसगरी ऋतिक अरोरा र ऋतिक भटले सात सात रन बनाए ।उत्तर प्रदेशका सत्य तिवारीले २ तथा सहिम हसनले १ विकेट हात पारे ।
पहिला ब्याटिङ गर्दा उत्तर प्रदेशले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो । समिर अन्सारीले १८ बलमा २४ रनको पारि खेल्दा १ छक्का र ३ चौका प्रहार गरे । यस्तै जयदीप सिंहले ३२ बलमा २३ रन बनाउँदा ३ चौका प्रहार गरेका थिए ।
यस्तै, एल्टमस आलमले १३ बलमा १६ रनबनाउँदा फ्रदीन अलीले २० बलमा १५ रनको पारि खेले । भीम शर्मा ९ रनमा रनआउट भएका थिए । नोएडाका सन्जीव चतुर्वेदी र शंकर शेखरले दुई दुई विकेट लिँदा अल्पित गुप्ता र हर्सित सेठ्ठीले एक एक विकेट लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया