एजेन्सी । ‘युइएफए’ च्याम्पियन्स लिग फुटबल अन्तर्गत स्पेनी क्लब बार्सिलोना विजय विजयी छ ।
बुधवार राति सम्पन्न भएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा बार्सिलोनाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाले उपहार स्वरुप पाएको एक गोलले यो जीत निकालेको हो ।
खेलको १२ औा मिनेटमा युनाइटेडका लुक शले आत्मघाती गोल गरेका थिए । बार्सिलोनाका लुइस स्वारेजको हेड डिफेन्डर शलाई लाग्दै गोलमा परिणत भएको थियो । तर, उक्त गोलका लागि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री ‘भीएआर’ को सहायता लिएको थियो ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म बार्सिलोनाले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन । दोस्रो हाफमा म्यान्चेस्टर युनाइटेडले खेलमा फर्कने प्रयास गरेपनि सफल भने हुन सकेन् ।
जीतपछि बार्सिलोनाले सेमिफाइनलमा प्रवेश गर्ने सम्भावनालाई बलियो बनाएको छ । अब बार्सिलोनाले घरेलु मैदानमा युनाईटेडसँग दोस्रो लेगको खेल खेल्नेछ ।
त्यस्तै बुधवार राति नै भएको इटालियन क्लब युभेन्ट्स र आयाक्सबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ ।
युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले खेलको ४५ औँ मिनेटमा गरेका थिए । यता आयाक्सका लागि भने खेलको पहिलो हाफ सकिनै लाग्दा नेरेसले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया