सुर्खेत । कर्णाली प्रिमियर लिग ‘केपीएल’ को दोस्रो संस्करण वैशाख १२ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ ।
कर्णाली क्रिकेट एकेडेमीको आयोजनामा वीरेन्द्रनगरस्थित कालुन्चोक क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुने छ । आयोजकले प्रतियोगितामा सहभागी हुने टिमको नाम छनोट गरिसकेको छ ।
एकेडेमीका अध्यक्ष जीवन शाहीले तीन विभागीयसहित अन्य प्रतिष्ठित क्लबको सहभागिता रहने जानकारी दिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, सशस्त्र प्रहरीको एपीएफका साथै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडेमी कञ्चनपुर, लालीगुराँस क्रिकेट एकेडेमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडेमी काठमाडौंले सहभागिता जनाउने भएका छन् ।
आयोजक संस्थाले मैदानको स्तरोन्नति गर्नुका साथै आवश्यक व्यवस्थापकीय तयारी गरिरहेको जनाएको छ । केपीएलको पहिलो संस्करण गत वर्ष सम्पन्न भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया