एजेन्सी । अमेरिकामा ४६ वर्षअघि भएको दुई युवती हत्याको अभियोगमा प्रहरीले ८० वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
सन् १९७३ मा पिटर्सबर्गबाट बिदा मनाउन अमेरिकाको भर्जिनिया बीच गएका १९ वर्षीया दुई युवतीको हत्या भएको थियो । उनीहरुको हत्या भएको ४६ वर्षपछि प्रहरी ८० वर्षीय एर्नेस्ट ब्रोडन्याक्सलाई पक्राउ गरेको हो ।
उनीहरुको शव ओसियन फ्रन्ट मोटेल कटेजमा भेटिएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले केही उपलब्धि हात पार्न सफल नभएपछि अनुसन्धान भने जारी राखेका थिए । सोही क्रममा प्रहरीले न्यूयोर्क बस्दै आएका एर्नेस्ट ब्रोडन्याक्सलाई पक्राउ गरेको बताएको छ । पक्राउ परेका उनीमाथि दुई हत्या, सेकेन्ड डिग्री मर्डर र बलात्कारको अभियोग लगाइएको छ ।
ब्रोडन्याक्स पहिला पनि जेलमा बसेर २०१३ मा छुटेको अनुसन्धानको क्रममा खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया