आजको मौसम : यी तीन प्रदेशमा आंशिक बदली रहने

लोकपथ
7
Shares

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले, देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ ।

अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, आज दिउँसो र राति पनि कोशी, बागमती र गण्डकीका केही भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।
तापक्रम घटेकाले काठमाडौंमा दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?