पाकिस्तान : इमरान खान सर्वोच्च अदालतको शरणमा

लोकपथ
98
Shares

काठमाडौं । पाकिस्तानमा चुनाव नजिकिँएसँगै राजनीतिक सरगर्मी बड्दै गएको छ । सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरिएका पूर्व प्रधानमन्त्री इमरान खानलाई भने मुस्किल पर्ने देखिएको छ ।

तोशखाना मुद्दामा सजाय काटिरहेको इमरान सजाय रद्द गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् । उनलाई तल्लो अदालतबाट ३ वर्षको जेल सजाय र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको छ ।

उनलाई तल्लो अदालतका न्यायाधीशहरुले तोशखाना मुद्दामा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेका थिए ।अदालतले खानलाई पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरेको छ ।

अदालतको यो निर्णयविरुद्ध अधिवक्ता सरदार लतिफ खोसा इमरानको तर्फबाट सर्वोच्च अदालत पुगेका छन् । खानको कानुनी टोलीले डिसेम्बर २३ मा सर्वोच्च अदालतका रजिस्ट्रारलाई पनि अपील गरेको थियो । अदालतको आदेशका कारण खानले अब चुनाव लड्न पाउँदैनन् ।

तोशखाना प्रकरण के हो ?

पाकिस्तानको कानून अनुसार, विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ । यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने, उसले यसको मूल्य बराबरको रकम तिर्नुपर्नेछ ।
यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ । यी उपहारहरू कि त तोषाखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ ।

सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ उपहार पाएका थिए ।

यी महँगा उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए । पछि इमरान खानले सस्तो मूल्यमा तोशखानाबाट किनेर बजारमा चर्को मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि सरकारी कानूनमा पनि परिवर्तन गरे ।

इमरानले ती उपहारहरू तोशखानाबाट २.१५ करोडमा किनेका थिए र बेचेर ५.८ करोड रुपैयाँ नाफा कमाए । उपहारमा एउटा ग्राफ घडी, कफलिङ्कको एक जोडी, महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरू पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?