काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिष्टल प्यालेसविरुद्ध कठिन जित निकालेको छ ।
एक–एक गोलको बराबरीतर्फ उन्मुख खेलमा चेल्सीले ८९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै २–१ को नतिजा निकालेको हो ।
मिखेलो मुडरेकले १३ औं मिनेटमा मालो गुट्सोको पासमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा क्रिष्टलले बराबरी गरेको थियो ।
जाडोर्न अवेइको पासमा मिचले वलिसले गोल गरेपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो । अन्तिमसम्म यही नतिजा रहने सम्भावना रहे पनि ८५औं मिनेट क्रिष्टलका खेलाडीले खराब ट्याकल गर्दा भारको सहायताले पेनाल्टी दिइएको थियो ।
८९औं मिनेटमा चुकुवुनोन्सो ट्रिस्टन मडुकेले गोल गर्दै अन्ततः चेल्सीलाई २–१ को जित दिलाए । जितसँगै चेल्सी प्रिमियर लिग तालिकामा २५ अंकका साथ दशौं स्थानमा रहेको छ । पराजित भएको क्रिष्टल भने १८ अंकका साथ १५ औं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया