एजेन्सी । इन्डियन प्रिमियर लिग ‘आइपीएल’ क्रिकेट अन्तर्गत शीर्ष स्थानको चेन्नई सुपर किङ्स विजयी भएको छ ।
जयपुरस्थीत सवाई मानसिंह क्रिकेट स्टेडियममा बिहीवार राति सम्पन्न भएको खेलमा चेन्नईले घरेलु टोली राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गर्दै छैटौं जित निकालेको हो । १ सय ५२ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चेन्नईले मात्र ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-र्यो ।
चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुले अर्धशतकीय पारी खेले । धोनीले ५८ रन तथा रायडुले ५७ रनको योगदान दिए । त्यस्तै मिचेल स्टाननरले अविजित १० रन तथा रविचन्द्र आश्विनले अविजित ९ रन बनाए ।
राजस्थानका बेन स्टोक्सले दुई विकेटतथा धवल कुलकर्मी, जयदेव उनाडकट र जोफ्रा आर्चरले समान एक-एक विकेट हात पारे ।
यस टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ७ गुमाउँदै १ सय ५१ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि बेन स्टोक्सले २८ रन, जोस बट्लरले २३ रन, रियन परागले १६, स्टिभ स्मिथले १५ रन तथा कप्तान अजिंका रहानेले १४ रन जोडे ।
चेन्नईका रविचन्द्र आश्विन,सार्दुल ठाकुर र दिपक चाहरले समान २-२ विकेट लिए । यो जितपछि चेन्नर्यले ७ खेलबाट १२ अंक जोडेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया