युरोपा लिग फुटबल : चेल्सी र आर्सनल विजयी

एजेन्सी । युरोपा लिग फुटबल प्रतियोगिता अन्तर्गत चेल्सी विजयी भएको छ ।

बिहीवार राति सम्पन्न भएको क्वाटरफाइनलको पहिलो लेगको खेलमा चेल्सीले स्लाभिया प्राग्वेलाई १-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।

 तर, दोस्रो हाफमा थप सुधारिएको खेल खेलेको चेल्सीका लागि मार्कोस अलन्सोले गोल गरे । उनले खेलको ८६ औँ मिनेटमा गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।

 त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा आर्सनलले नपोलीलाई २-० गोल अन्तरले पराजित ग-र्यो । आर्सनलको जीतमा खेलको १४ औँ मिनेटमा एरोन राम्सेले गोल गरे । एक गोल भने आर्सनलले उपहार स्वरुप पाएको थियो । नपोलीका काउलीबालीले खेलको २५ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । 

बिहीवार राति नै भएको अर्को खेलमा बेन्फिकाले फ्रयाङकफर्टलाई ४-२ गोल अन्तरले तथा भ्यालेन्सियाले भिल्लारियललाई ३-१ गोल अन्तरले पराजित ग-र्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?