आर्सनललाई शीर्ष स्थानमा फर्कने मौका

लोकपथ
217
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आर्सनल र वेस्टह्याम युनाइटेड भिड्दै छन् । लण्डन डर्वीको रुपमा रहेको यो खेल नेपाली समयअनुसार राति २ बजे सुरु हुनेछ ।

आर्सनल घरेलु मैदान इमिरेट्स स्टेडियममा वेस्टह्यामविरुद्ध स्पष्ट जित निकाल्दै ३ अंक थप्ने लक्ष्यमा रहेको छ । आर्सनल अहिले १८ खेलबाट ४० अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

वेस्टह्याम भने समान खेलबाट ३० अंकका साथ तालिकाको सातौं स्थानमा रहेको छ । आर्सनल जित निकाल्दै १९ खेलबाट ४२ अंकका साथ शीर्ष स्थानमा रहेको लिभरपुललाई १ अंकले पछि पार्दै पुनः शीर्ष स्थानमा फर्कने लक्ष्यमा रहँदा वेस्टह्याम पनि जित निकाल्दै म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै छैटौं स्थानमा उक्लने प्रयासमा हुने छ ।

बराबरीले आर्सनलाई घाटा नै लाग्ने छ भने वेस्टह्यामले तालिका सुधार गर्न पर्याप्त हुने छ । आर्सनलले लिभरपुलविरुद्ध पछिल्लो प्रिमियर लिगको एनफिल्डमा भएको खेलमा एक एक गोलको बराबरी खेलेको थियो ।उता, वेस्टह्यामले भने म्यानचेस्टर युनाइटेडलाई २–० ले हराउँदै स्पष्ट ३ अंक थप्दै तालिकाको सातौं स्थानमा पुगेको थियो ।

प्रिमियर लिगका पछिल्ला ८ खेलमा अपराजित रहेको आर्सनल आज पनि जित निकाल्ने प्रयासमा हुने छ । आर्सनलले ६ मा जित र २ मा बराबरी खेलेको छ ।

सन् २०१९ पछि पहिलो पटक वेस्टह्याम आर्सनलविरुद्ध जित निकाल्ने लक्ष्यमा छ । बकायो साका, एडी नेकेती, काइ हार्वाटेजको प्रदर्शनमा आर्सनल उच्च लयमा छ भने जारोड बोवीनमा भर परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?