एजेन्सी । पकिस्तानको बलोचिस्तान प्रदेशको राजधानी क्वेटाको हजारगञ्च इलाकामा बम विस्फोट हुँदा १६ जनाको मृत्यु भएको छ ।
स्थानीय पुलिसको अनुसार बिस्फोट विहान ८ बजे हजारगञ्ज इलाको तरकारी पसलका भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बिस्फोट बजार भन्दा बाहीर रहेको पुलीसको भ्यानलाई लक्षित गरि गराईएको थियो ।
बिस्फोटपछि सुरक्षा व्यवस्था कडा गरिएको छ भने उक्त इलाका पनि शिल गरेको छ । बम डिस्पोजल टोली पनि स्थानमा पठाइएको छ। यो बिस्फोटमा धेरै मानिसहरु घाइते पनि भएका छन् जसको अहिले उपचार भईरहेको छ ।
पुलिसका अनुसार हजारगञ्जमा हजार शिया समुदायसँग निकटता भएका मानिसहरु बसोबास गर्दै आएका छन् ।
घाइते भएका अंधिकाश मानिसहरु यहि समुदायसँग जेडिएका छन् ।
पाकिस्तानमा हजरा शियाका मानिसहरुलाई लक्षित गर्दै पहिले आक्रमण गरिसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया