आईसीसी यू १९ : नेपालद्वारा सिंगापुरलाई २ सय ८३ रनको फराकिलो चुनौती

काठमाडौं । आईसीसी यू१९ विश्वकप क्रिकेटअन्तरगत एसिया छनोट प्रतियोगितामा नेपालले सिंगापुरलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सिंगापुरलाई २ सय ८२ रनको फराकिलो लक्ष्य दिएको हो।

४६ ओभरमा अलआउट भएको नेपाली टिमबाट कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाएका छन् । १८ रन जोड्दा २ विकेट गुमाइसकेको नेपाली टिमलाई कप्तान रोहित पौडेलकको ९५ रनले नै उकासेको थियो । त्यस्तै, नेपालका रशिद खान ४८, कमल सिंह ऐरीले ३१ र भिम सार्कीले २६ रन जोड्न सफल भएका छन् ।

यस खेलमा नेपालले बनाएको स्कोर यू १९ क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मकै ठूलो स्कोर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?