विश्वकप छनोट : इतिहासमै पहिलो पटक नेपाल सिधै दोस्रो चरणमा

काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकपका लागि नेपालले सिधै दोस्रो चरणको छनोट खेल खेल्ने अवसर पाएको छ । फिफाले निकालेको नयाँ फिफा वरीयता अनुसार ४६ एसियाली राष्ट्रमध्ये उत्कृष्ट ३४ मा पर्न सफल भएकाले नेपालले सिधै दोस्रो छनोट खेल खेल्ने भएको हो ।

वरीयताको ३५ देखि ४६ औं स्थानमा परेका राष्ट्रहरुले भने आगामी जुनमा हुने पहिलो चरणको ‘प्ले अफ’ खेल्ने छन् ।  ती मध्ये ६ टोलीले दोस्रो चरणको खेल खेल्ने अवसर पाउने छन् । दोस्रो चरणमा भने शीर्ष ३४ मा पर्न सफल राष्ट्र र पहिलो चरण खेलेर आएका ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले सिधै दोस्रो चरण खेल्न पाएको यो पहिलो पहिलो पटक  हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?