काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले टोटनह्यम हटस्परमाथि शानदार जित निकालेको छ ।
बिहीबार राति सम्पन्न खेलमा ब्राइटनले टोटनह्यम हटस्परलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको जितमा जाओ पेड्रोले २ गोल पेनाल्टीमा गर्दा ज्याक हेन्सलवुड र प्रेभिस जोसुले एक एक गोल थपेका थिए ।
टोटनह्यामका लागि एलेजो वेलिज र बेन्जामिन डाभिसले एक एक गोल फर्काए ।
घरेलु मैदानमा ब्राइटनल ११औं मिनेटमा अग्रता लिएको थियो । पेड्रोको पासमा हेन्सलुवडले गोल गरका थिए ।
२३औं मिनेटमा पेड्रोले पेनाल्टीमा गोल गरेका थिए । डीबक्स भित्र ह्यान्ड भएपछि पाएको पेनाल्टीलाई गोलमा परिणत गरेपछि ब्राइटन २–० ले अघि बढेको थियो ।
६३औं मिनेटमा ब्राइटनले गोल गर्दै खेल ३–०मा पु-याएको थियो । उसका लागि प्रेभिस जोसुले जेम्स मिल्नरको पासमा गोल गरेका थिए ।
७५औं मिनेटमा फेरि पेनाल्टीमा पेड्रोले गोल गर्न सफल भए । उनले पेनाल्टीमै लगातार २ गोल गर्दा ब्राइटन ४–० को सहज अवस्थामा पुगेको थियो ।
८१औं मिनेटमा टोटनह्यामका लागि एलेजो बेलिजले सन हिउङ मिनको पासमा गोल गर्दै अग्रता ४–१ मा झारे । ८५औं मिनेटमा पेड्र पोरोरोको पासमा डाभिसले गोल गर्दै ४–२ मा ल्याए पनि जितका लागि पर्याप्त भएन ।
जितसँगै ब्राइटन ३० अंक बनाएर तालिकाको आठौैं स्थानमा उक्लदा टोटनह्याम भने ३६ अंकका साथ पाँचौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया