काठमाडौं । आईसीसी यू१९ विश्वकप क्रिकेटअन्तरगत एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । २ सय १७ रनको विशाल अन्तरले नेपालसँग सिंगापुर पराजित भएको हो ।
टस हारेर पहिले ब्याटिङ गर्ने क्रममा नेपालले सिंगापुरलाई २ सय ८२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको सिंगापुरले ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा सीमित रह्यो ।
४६ ओभरमा अलआउट भएको नेपाली टिमबाट कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाएका थिए। १८ रन जोड्दा २ विकेट गुमाइसकेको नेपाली टिमलाई कप्तान रोहित पौडेलकको ९५ रनले नै उकासेको थियो । त्यस्तै, नेपालका रशिद खान ४८, कमल सिंह ऐरीले ३१ र भिम सार्कीले २६ रन जोड्न सफल भएका थिए।
यस खेलमा नेपालले बनाएको स्कोर यू १९ क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मकै ठूलो स्कोर हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया