पुनः २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

लोकपथ
105
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी सोमबार पुुनः २० अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नेभएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

पुस १७ गते मंगलबार जारी मिती तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले बोलकबोल पेस गर्न सक्ने छन् ।

बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको सात अर्ब ७५ करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको सात अर्ब ५० करोड रुपैयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि क्रमशः २०८० चैत्र २० गते, २०८१ असार १९ गते र २०८१ पुस १६ गते तोकिएका छन् ।

यि सबै ट्रेजरी बिलहरु पुरानो नविकरण अन्र्तगतको रहेको राष्ट्र बैंकको भनाई छ । गत साता पनि राष्ट्र बैकले १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?