काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेट अर्थात घरजग्गा कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको यही कात्र्तिक मसान्तसम्ममा बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा मात्र कुल दुई खर्ब ४४ अर्ब ७५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २२ अर्ब ८१ करोड ६० लाख रुपैयाँले बढी हो ।
गत आवको सोही अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कुल दुई खर्ब २१ अर्ब ९४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंकहरुले मात्र रियलस्टेट क्षेत्रमा पछिल्लो अवधिमा कुल दुई खर्ब ११ अर्ब ८९ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा २० अर्ब २४ करोड २० लाख रुपैंयाँले बढी हो ।
गत आवको सोही अवधिमा बाणिज्य बैंकहरुको यस्तो कर्जा रकम एक खर्ब ९१ अर्ब ६५ करोड २० लाख रुपैयाँ रहेको थियो ।
यसैगरी बिकास बैंकहरुले पनि चालु आवको यही कात्र्तिक मसान्तसम्ममा रियलस्टेट क्षेत्रमा कुल २३ अर्ब २७ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
बिकास बैंकहरुले प्रवाह गरेको यो कर्जा गत आवको सोही अवधिको तुलनामा तीन अर्ब तीन करोड ८० लाख रुपैंयाँले बढी हो । गत आवको सोही अवधिमा बिकास बैंकहरुको यस्तो कर्जा रकम २० अर्ब २३ करोड ८० लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार बाणिज्य बैंक र बिकास बैंकहरुले रियलस्टेट कर्जा बढाएपनि फाईनान्स कम्पनीहरुले भने यस्तो शिर्षकको कर्जा घटाएका छन् ।
फाईनान्स कम्पनीहरुले चालु आवको यही कात्र्तिक मसान्तसम्ममा रियलस्टेट क्षेत्रमा कुल नौ अर्ब ५८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा गत आवको सोही अवधिको तुलनामा ४६ करोड ५० लाख रुपैयाँले कम हो । गत आवको सोही अवधिमा फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा १० अर्ब पाँच करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया