सिईओकै कारण कमजोर बन्दै नेपाल लाईफ इन्स्योरेन्स, खुम्चिँदै कम्पनीको लाभांश

लोकपथ
1.9k
Shares

काठमाडौं । कम्पनीका प्रमुख कार्यकारी अधिकृत आफुले नेतृत्व गरेको कम्पनीको व्यवस्थापन सुधारमा भन्दा पनि चर्चा परिचर्चामा रमाउने गर्दा कम्पनीको हालत कस्तो हुन सक्छ ? पछिल्लो समय नेपाल लाईफ इन्स्योरेन्स कम्पनी यसको गतिलो उदाहरण बनेको छ ।

नेपाल लाईफ इन्स्योरेन्स कम्पनीमा तत्कालीन समयमा विवेक झा प्रमुख कार्यकारी अधिकृत रहेका थिए । झा आफ्नो कार्यकाल सकाएर कम्पनीबाट केही वर्र्षअघि नै बिदा भईसकेका छन् । झाको कार्यकालमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीमा कम्पनीहरु मध्ये उत्कृष्ट मध्येको उत्कृष्ट कम्पनीको रुपमा रहेको थियो । त्यो समयमा यो बीमा कम्पनीले एक सय २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने हैसियत बनाएको थियो । कम्पनीलाई त्यो उचाईमा पुर्याएर उक्त कम्पनीका तत्कालीन प्रमुख कार्यकारी अधिकृत झा कम्पनीबाट बिदा भईसकेका छन् ।

कम्पनी अहिले पनि त्यही हो, लगानीकर्ता, शेयरधनीहरु पनि तिनै हुन् । तर यो कम्पनीको व्यवस्थापन प्रमुख अर्थात् प्रमुख कार्यकारी अधिकृत (सिईओ) सेलिबे्रटी सिईओ मात्र बन्न खोज्दा कम्पनीका हजारौँ सेयर लगानीकर्ताहरुको हात खाली हुने अवस्था बन्न पुगेको छ । कुनै बेला त्यही हातले एक सय २० प्रतिशतसम्म लाभांश बुझेका शेयर लगानीकर्ताहरु कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीको कम्पनीप्रतिको गैर–जिम्वेवारी कारण हैरान बनेका छन् । लाखौँ लगानी गरेर पनि हात खाली राख्नु पर्ने अवस्थामा पुगेका छन् । कम्पनीलाई तत्कालीन प्रमुख कार्यकारी झाले पुर्याएको त्यो उचाईबाट यहाँसम्म गिराउनुमा अरु कोही नभएर कम्पनीका हालका प्रमुख कार्यकारी पराजुली नैँ जिम्मेवार रहेको कम्पनी स्रोतको दाबी रहेको छ ।

स्रोतका अनुसार कम्पनीलाई राम्रो बनाउनु भन्दा पनि स्वार्थ बाझिएका केही सञ्चालकहरु जसले आफुलाई थमौती दिएका छन् । तिनै सञ्चालकको चाकडी गर्न र तिनै सञ्चालकहरुलाई खुसी पार्नु बाहेका प्रमुख कार्यकारी पराजुलीको अर्को कुनै उद्ेश्य र काम नभएको उनीमाथि आरोप रहेको छ ।

यही कारण पनि अहिले कम्पनी २० प्रतिशत पनि लाभाँश बाँड्न नसक्ने अवस्थामा पुगेको हो । प्रमुख कार्यकारी पराजुलीको यही रबैया कायम रहने हो भने कम्पनी निकै नै कमजोर बन्दै भन्दै केही लगानीकर्ताहरु प्रमुख कार्यकारी पराजुलीको विरोधमा खुल्न थालेका छन् । उनीहरुले जसरी पनि पराजुलीलाई हटाएर नयाँ प्रमुख कार्यकारी राख्नु पर्ने बताउँदै आएका छन् । यसो हुन सकेको खण्डमा मात्र कम्पनी राम्रो हुन्छ, कम्पनी पुरानै अवस्थामा फर्किन सक्छ, ति लगानीकर्ताहरुले भन्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?