किम जोंगको आदेश : ‘अमेरिका र दक्षिण कोरियाले उत्तेजित कदम चाले पूर्ण तरिकाले नष्ट गरिदिनू’

लोकपथ
1.1k
Shares

काठमाडौं । आइतबार उत्तर कोरियाली शासक किम जोंग उनले उत्तर कोरियाका सैनिक कमान्डर अफिसरसँग बैठक बसेका थिए । सो बैठकमा उनले राष्ट्रिय सुरक्षाको लागि आफ्नो सैन्य तयारीलाई मजबुत बनाउन जरुरी रहेको बताएका छन् ।

किमले यदि अमेरिका र दक्षिण कोरियाले उत्तेजित कदम चालेमा पूर्ण तरिकाले नष्ट गरिदिन आफ्ना सैनिकलाई आदेश दिएका छन् ।

उत्तर कोरियाको सञ्चारमाध्यका अनुसार किम जोंगले राष्ट्रिय सुरक्षा मजबुत बनाउको लागि पनि जोड दिएका छन् । उत्तर कोरियामा सत्तारुढ दलको पाँच दिने बैठक आयोजन भएको छ । शनिबार भएको बैठकमा किमले २०२४ मा थप तीन सैन्य जासूसी स्याटेलाइट विस्तार गर्ने लक्ष्य राखेको बताएका थिए ।

। गत नोेभेम्बर महिनामा नै उत्तर कोरियाले सैन्य जासूसी स्याटेलाइटको सफल प्रक्षेपण गरेको थियो ।

किमले भने ‘कोरिया गणतन्त्रको माध्यबाट वास्तविक स्थायी शान्तिको निर्माण गरिरहेको छ, विनम्रता शान्तिको होइन । जुन प्रतिद्वन्दी सद्भावनामा निर्भर गर्छ । उनले दक्षिण कोरियाको आलोचन गर्दै भने ‘औपनिवेशिक अधीनस्थ राज्य’ जसको मतलब कलंकित हो । उनले भने ‘दक्षिण कोरियाको पूरै क्षेत्र कब्जा गर्नको लागि परिस्थितीलाई हेरेर परमाणु हतियारसहित उपलब्ध भएका सबै साधनको प्रयोग सैनिकले गर्नुपर्छ ।

उत्तर कोरियासँग करिब १०० परमाणु बम रहेको आशंका

किम चीन र रुससँग मिलेर आफ्नो सैनिकलाई बलियो बनाउने कार्यमा जुटेको छन् । साथै उत्तर कोरिया आफूसँग रहेको हतियारलाई बढाउने तयारी पनि गरिरहेको छ ।

सञ्चारमाध्यका अनुसार उत्तर कोरियासँग २० देखि ३० वटासम्म आणविक बम देखि १०० भन्दा बढि बम हुन सक्ने बताइएको छ । रक्षा विशेषज्ञका अनुसार अहिले पनि उत्तर कोरियाको अगाडि धेरै चुनैतिहरु रहेका छन् । जसले गर्दा उसले अहिले पनि अन्तरमहादेशीय क्षेप्यास्त्र निर्माण गर्न सफल भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?