सलाहल चम्किदा लिभरपुलको सानदार जित

लोकपथ
168
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको लिभरपुलले सानदार जित निकालेको छ । सोमबार राति सम्पन्न खेलमा मोहम्मद सलाहल चम्किदा लिभरपुलले न्यूक्यासल युनाइटेडमाथि ४–२ गोल अन्तरकाने शानदार जित निकालेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जिताउनका मोहम्मद सलाहले २ गोल गर्दा कर्टिस जुलियन जोन्स र कोडी म्याथेस गाक्पोले एक एक गोल थपेका थिए । न्यूक्यासलका लागि अलेक्जेन्डर आइज्याक र स्वेन एड्रियान बोटम्यानले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा निस्किएका हुन् ।

४९औं मिनेटमा सलाहले डार्विन गेब्रियल नुनेजको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । अलेक्जेन्डर आइज्याकले ५४ औं मिनेटमा एन्थोनी गोडोनको पासमा गोल गर्दै न्युक्यासलाई १–१ को बराबरीमा ल्याएका थिए । ७४औं मिनेटमा कर्टिस जुलियन डिएगो जोटाको पासमा गोल गर्दै २–१ ले लिभरपुललाई अघि बढाएका थिए ।

७८औं मिनेटमा सलाहको पासमा कोडी म्याथेस गाक्पोले गोल गरेपछि लिभरपुल ३–१ को अवस्थामा पुगेको थियो । ८१औं मिनेटमा सिन

डेभिडन लङस्टाफको पासमा एड्रियान बोटम्यानले गोल गर्दै अन्तर ३–२ मा झारेका थिए । तर, ८६औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गरेपछि लिभरपुल ४–२ को फराकिलो जित निकाल्न सफल भयो ।

जितसँगै शीर्ष स्थानमा रहेको लिभरपुलले ३ अंकको अग्रता बनाएको छ । लिभरपुलले २० खेलबाट ४५ अंक बनाउँदा दोस्रो स्थानमा रहेको एस्टन भिल्लाको समान खेलबाट ४२ अंक रहेको छ । लिभरपुलसँग पराजित भएको न्यूक्यासल भने २९ अंकका साथ नवौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?