नेपाल एसबिआई बैंकको शाखा तनहुँको दुलेगौंडामा

लोकपथ
105
Shares

काठमाडौं । नेपाल एसबिआई बैंकले तनहुँको दुलेगौंडामा पनि शाखा विस्तार गरेको छ ।

वित्तीय पहुँच बिस्तार गर्ने क्रममा उक्त क्षेत्रमा शाखा खोलिएको बैंकले जानकारी दिएको छ ।

यो समेत गरी बैंकको कुल शाखा संख्या ९७ वटा पुगेको छ ।

बैंकले हाल सबै क्षेत्रमा गरी ९७ वटा वटा शाखा, २२ वटा एक्सटेन्सन काउन्टर, सात वटा प्रादेशिक कार्यालयहरु, एउटा कर्पोरेट अफिस र एक सय २१ वटा एटिएम काउन्टर मार्फत वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?