प्रथम इन्डो नेपाल केबुकाई कराँते प्रतियोगिता २०२३ सम्पन्न

लोकपथ
728
Shares

काठमाडौं । प्रथम इन्डो नेपाल केबुकाई कराँते प्रतियोगिता २०२३ सम्पन्न भएको छ । काठमाडौंमा आयोजना भएको केबुकाई कराँते प्रतियोगितामा नेपाल लगायत भारतीय खेलाडीहरुको सहभागीता रहेको थियो ।

प्रतियोगितामा तौलको हिसाबले खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पुरुष २० केजी तर्फ नेपालका बिधान घिमिरेले प्रथम स्थान हात पारेका छन् भने २५ केजी तर्फ नेपालका आयुश तामाङ, त्यस्तै ३० केजी तर्फ नैपालकै समिर रानामगरले पहिलो स्थान हात पारे ३५ केजी तर्फ भने भारतका सिबन्सुले पहिलो स्थान हात पार । त्यस्तै ४० केजी तर्फ पनि भारतका जित दास, ५० केजीमा नेपालका विष्णु गीरी, ५५ केजीमा भारतका डेभिड वापन र ६० केजीमा भारतकै प्रिन्स सेनले पहिलो स्थान हात पारे ।

यसैगरी, महिलाको २० र २५ केजी तर्फ नेपालकी रुविशा केसी, ३० केजी तर्फ नेपालकै लक्ष्मी शेर्पा, ३५ केजी तर्फ नेपालकै कुसुम लामा, ४० केजी तर्फ नेपालकै सजनाले पहिलो स्थान हात पारिन् । ४५ केजी तर्फ अनिशा सिवाले पहिलो स्थान हात पारिन् । त्यस्तै, ५० केजीमा भने भारतकी अंकिता दाश पहिलो बनिन् । ५५ केजी तर्फ पनि नेपालकै बिनिता थिङ पहिलो भएकी छिन् । त्यस्तै फ्रि वेट खुल्ल तर्फ सपना गोपालीले प्रथम स्थान हासिल गरिन् ।

प्रथम इन्डो नेपाल केबुकाई कराँते प्रतियोगितामा प्रमुख प्रशिक्षक एवम सचिब विवश घिमिरे, उपाध्यक्ष बिन्दु खत्री घिमिरे र कोषाध्यक्ष हरिहर मैनाली प्रशिक्षक राम विष्टको उपस्थिती रहेको थियो । त्यस्तै प्रतियोगितामा प्रमुख अतिथीका रुपमा संविधानसभा सदस्य केशव नेपाल र सफल डेन्टल प्रलीका अध्यक्ष डा. राम थापा रहेका थिए ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?