संरक्षकले दिलाए एनआरएनएलाई पहिलो स्वर्ण

बैशाख । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औँ राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए ‘अस्ट्रेलिया’ का संरक्षकभूषण वज्राचार्यले पहिलो स्वर्ण पदक दिलाएका छन् ।

बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरे । गण्डकीका प्रदीप खड्का र एपीएफका सन्तोष खत्री तेश्रो भए ।

यता महिला सिंगल्सको उपाधि एपीएफकी प्रेरणा कोइरालाले जितिन् ।

फाइनलमा प्रेरणाले नेपाल आर्मीकी अभिलाषा विष्टलाई ६–० र ६–२ को सीधा सेटमा हराइन् । आर्मीकी इरा रावत र प्रदेश ३ की रायना शाह संयुक्त रुपमा तेश्रो भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?