काठमाडौं । आठौँ राष्ट्रिय खेलुकद अन्तर्गत राष्ट्रिय साइक्लिङको पुरुषमा आर्मीका ओकेशराज वज्राचार्य तथा महिलामा प्रदेश ३ की लक्ष्मी मगरले स्वर्ण पदक जितेका छन् ।
गाभरमा भएको प्रतियोगितामा ४ दशमलब ६ किलोमिटरको ५ ल्याप ओकेशले १ घण्टा २५ मिनेट ०९ सेकेन्डमा पूरा गरे । आर्मीका हिमाल टमाटा ‘१ घण्टा २६ मिनेट ०६ सेकेन्ड’ दोश्रो तथा गण्डकीका हिक्मत विक ‘१ घण्टा २६ मिनेट ४४ सेकेन्ड’ तेश्रो भए ।
४ दशमलब ६ किलोमिटरको ४ ल्याप लक्ष्मीले १ घण्टा २० मिनेट ५२ सेकेन्डमा पार गरिन् । गण्डकीकी उषा खनाल ‘१ घण्टा ३३ मिनेट ३८ सेकेन्ड’ दोश्रो तथा प्रदेश ३ की निर्जला ताम्राकार ‘१ घण्टा ३५ मिनेट ५६ सेकेन्ड’ तेश्रो स्थानमा रहे ।
एकदिने क्रस कन्ट्री साइक्लिङमा ६ प्रदेशबाट ३० पुरुष र १२ महिला खेलाडी सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया