काठमाडौं । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय गल्फ प्रतियोगिता गोकर्ण गल्फ क्लबमा शुरु भएको छ ।
इन्डिभिज्योलतर्फ टंकबहादुर कार्की ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन। उनले सानदार शुरुवात गर्ने क्रममा ५ अन्डर ६७ अंक जोडी दाबेदार शुक्र बहादुर राईलाई ३ स्ट्रोकले पछि पारेका हुन् । टंकले फ्रन्ट नाइन ३ अन्डर ३३ र बयाक नाइन २ अन्डर ३४ मा पुरा गरे ।
शुक्र २ अन्डर ७० को नतिजामा दोस्रो स्थानमा रहेका छन् । युवा खेलाडी सुबाष तामाङ र अजित बिके १ ओभर ७३ अंककासाथ संयुक्त रुपमा तेस्रो स्थानमा रहे ।
महिलातर्फ १६ ओभर ८८ अंककाससथ प्रतिभा राई शीर्ष स्थानमा रहँदा कशमिरा शाहलाई ५ स्ट्रोकलेपछि पारिन । टिम ईभेन्टसमा प्रदेश एक १४४ अंक सहित पहिलो स्थानमा र सेना १५० अंककासाथ दोस्रोस्थानमा रहेका छन् ।
तीन दिनदम्म चल्ने प्रतियोगितामा ३४ पुरूष र ६ महिलागरी कुल ४८ खेलाडीको सहभागिता रहेको छ । दुई महिला खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
यता राष्ट्रिय बुद्धिचालको महिलामा छैटौं चरणको खेल सकिँदासम्म आर्मीकी सुजना लोहनी ६ अंकसाथ शीर्ष स्थानमा छिन् ।
प्रदेश १ की कृपा अधिकारी र आर्मीकी सिन्दिरा जोशीले समान ५–५ अंक जोडेका छन् । पुरुषमा ६ चरणको खेल समाप्तिसम्म प्रहरीका पुरुषोत्तम चौलागाईं तथा एपीएफका क्षितिज भण्डारी समान ५–५ अंकमा पहिलो स्थानमा छन् । उनीहरुलाई समान ४.५–४.५ अंक जोडेका प्रहरीकात्रय मदनकृष्ण कायश्थ, मनीष हमाल र सूरवीर लामा तथा आर्मीका भूपेन्द्र निरौलाले पछ्याइरहेका छन् ।
त्यस्तै राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी, गण्डकी र एपीएफ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आर्मीले सुदूरलाई ६३–३२, गण्डकीले प्रदेश २ लाई ३७–३६ र एपीएफले प्रदेश १ लाई ६८–२५ ले पराजित गरे । महिलामा आर्मीले गण्डकीलाई ३६–१६, प्रहरीले प्रदेश १ लाई ७१–२२ र प्रदेश ५ ले प्रदेश २ लाई ५३–२४ ले हराउदै सेमिफाइनल यात्रा तय गरे ।
पुरुष/महिला दुवैमा एक–एक लिग खेल हुने बाँकी छ । उक्त खेलसँगै मंगलवार सेमिफाइनल पनि हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया