काठमाडौं । एएफसी फुटबल छनोटको दोस्रो चरण खेल्ने नेपाली यु-१९ महिला खेलाडीको नाम सार्वजनिक गरेको छ ।
अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले मुख्य प्रशिक्षक हरि ओम श्रेष्ठको नेतृत्वमा २३ सदस्यीय टिमको नाम सार्वजनिक गरेको हो । यस अघि थाइल्याण्डमा सम्पन्न भएको पहिलो चरणमा उत्कृष्ट प्रर्दशन गर्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको थियो । प्रतियोगिताको तयारीका लागि नेपाली टिम भोली ‘बुधवार’ चीन जाने कार्यक्रम रहेको छ ।
यो पटकको यू-१९ टिममा गोल किपरमा अन्जना राना मगर, रेबिका राई, उषा नाथ, डिफेण्डरमा निशा थोकर, सुष्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला विश्वकर्मा, पुजा राना मगर, सलोनी राना मगर, सबिता राना मगर तथा मिडफिल्डरमा सरु लिम्बु कप्तान, मन्जली कुमारी योञ्जन, मेनुका आले मगर, अस्मिता बैध्य, मनिषा राउत, सुहानी कुशुवार, प्रीति राई र सम्झना लावती रहेका छन् ।
यता स्ट्राइकरमा रश्मी कुमारी घिसिङ, एलिशा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् ।
दोस्रो चरणको छनोट खेल आगामी अप्रिल २६ बाट ३० तारिखसम्म हुनेछ । छनोटको समूह ‘ए’ मा नेपालसहित अष्ट्रेलिया, उज्वेकिस्तान र म्यानमार रहेका छन् । छनोटको शीर्ष टोलीले एएफसी यू–१९ च्याम्पियनसिपमा स्थान बनाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया