अब टिभिएसका बाईक र स्कुटरहरु दराजमा पनि पाइने

काठमाडौं । जगदम्बा मोटर्स, अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध दुई तथा तिन पाङग्रे सवारीको उत्पादक टिभिएस मोटर कम्पनिको नेपाल भरिकै एकमात्र अधिकृत विक्रेता हो। नेपालमा वस्तु तथा सेवाको विद्युतीय कारोबार प्रणालीको विकासमा नेतृत्वदायी भूमिकामा रहेको दराज ग्रुप, दक्षिण एसियाका देशहरु पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका र म्यानमारमा सेवा दिँदै आएको छ। 

 यो नयाँ वर्षमा टिभिएस किन्न ईच्छुक ग्राहकहरुलाई खुसिको खबर छ। १० अप्रिलमा जगदम्बा मोटर्स प्रा ली का भाईस प्रेसिडेन्ट दिपक अग्रवाल र दराज अनलाईनका व्यवस्थापकीय निर्देशक लिनो एलेरिङ्बिच भएको एउटा सम्झैता अनुसार अब दराज अनलाईनबाट टि भि एसका मोटरसाईकल र स्कुटरहरु खरिद गर्न सकिने छ । नयाँ बर्षको सुरुवातमा ल्याईएको यस अफरमा काठमाडौंका ग्राहकहरुले दराजबाट कुनै पनि टि भि एसका बाईक वा स्कुटर किन्दा रु १० हजार को छुट पाउने छन। समित अबधिको लागि दिईएको छुट पहिलो १०० जना ग्राहकहरुका लागि मात्र लागू हुनेछ। 

अनलाईन ब्यापारको माहोल राम्रो बन्दै गएको नेपालमा बाईकहरु पनि अनलाईनबाट किन्न पाउनु नैलो प्रयोग हुनेछ। यसको व्यापकता आउनेदिनहरुले देखाउने नै छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?