एजेन्सी । स्पेनिस ला लिगा फुटबल प्रतियोगिता अन्तर्गत रियल म्याड्रिडले लेगानेससँग बराबरी खेलेको छ ।
सोमवार राति सम्पन्न भएको ३२ औँ चरणको खेलमा लिगको तेस्रो स्थानमा रहेको रियल म्याड्रिडले ११ औँ स्थानमा रहेको लेगानेससँग एक-एक गोलको बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ सकिनै लाग्दा लेगानेसका लागि जोनाथन सिल्भाले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
त्यस्तै दोस्रो हाफ शुरु भउको ६ मिनेट पनि बित्न नपाउँदै रियलले बराबरी गोल फर्कायो । रियलका लागि करिम बेन्जामाले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल भएन र खेल बराबरीमा सकियो ।
यो बराबरसिँग रियल म्याड्रिड ६१ अंकका साथ लिगको तेस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको बार्सिलोनाको ७४ अंक छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया